२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै लोकप्रिय : बर्षमान पुन 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकार इतिहासकै सबैभन्दा लोकप्रिय रहेको दाबी गरेका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै पुनले वर्तमान सरकार इतिहासकै सर्वाधिक लोकप्रिय सरकार भएको दाबी गरेका हुन् । सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको दाबी छ ।

नेता पुनले भने,‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलो पटक सरकार लोकप्रिय भएको छ ।’

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र प्रधानमन्त्री ‘प्रचण्ड’ भएको बताए । त्यसैकारण संसदमा तेस्रो शक्ति भएर पनि माओवादी अध्यक्ष ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरिरहेको बताए ।

पुनले भने,‘दाहाल माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता हो । ३२ सिटसहित प्रतिनिधिसभामा हामी तेस्रो शक्ति छौँ, तर सरकारको नेतृत्व गरिरहेका छौँ । राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो । काँग्रेस-एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि ‘प्रचण्ड’ नै खोज्ने स्थिति छ ।’

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस