२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

अ+ अ-

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनः निर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्त्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो । 

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्त्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ । 

मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए । “पुरातत्त्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उनले भने, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।” 

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उनले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिए । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उनले भने, “गएको फागुनमा मन्दिर निर्माण  सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।” 

कैलाश सन्यास आश्रममा भेटिएको १३औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट-१४ को रतनपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताए । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रूपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरू झिकिएका थिए”, उनले भने, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।” 

बुद्धको मूर्ति पुरातत्त्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताए । “मन्दिर पुनः निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो”, उनले भने, “विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुनः निर्माण गर्ने बताएको छ ।” 

नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेष मात्र देखिएको उनले बताए । “हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गरेका हुन् ।, हामी सानै थियौँ”, उनले भने, “त्यति बेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरू देखिन्थे ।” 

धर्तीपुत्रका रूपमा रहेका यहाँका आदिवासी थारू समुदायले समेत मन्दिर नदेखेको बताउँछन् । सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबाले समेत यहाँ मन्दिर नदेखेको बताए । “यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ”, उनले भने, “यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन ।” 

पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताए । यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ । “यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ”, उनले भने, “पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाट समेत व्यापारी यहाँ आउने गरेका थिए ।” 

सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताए । ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उहाँको भनाइ छ । “यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ”, उनले भने, “साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम रु. ५० हजार बढी सङ्कलन हुने गरेको छ ।” 

पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उनले बताए । मन्दिर सञ्चालनका लागि रु एक करोडको अक्षयकोष निर्माण गर्ने गरी समिति अगाडि बढेको भन्दै उनले हालसम्म अक्षयकोषमा रु. ७५ लाख जम्मा भइसकेको बताए । “आश्रममा एक जना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आएका छन्”, उनले भने, “यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर निःशुल्क भोजन ग्रहण गछन् ।” 

पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ । सिख्रौलीघाटको ठिक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ । सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्त्व बढ्ने स्थानीयको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस