आज सुनको मूल्य स्थिर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज सुनको मूल्य स्थिर


१ भाद्र २०८०, शुक्रबार


सुन

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार एक हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस