बङ्गलादेशबाट २ चार्टर्ड जहाजमा ७ सय पर्यटक आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशबाट २ चार्टर्ड जहाजमा ७ सय पर्यटक आउँदै


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । बङ्गलादेशबाट २ वटा चार्टर्ड जहाजमा ७ सय जना पर्यटक नेपाल आउने भएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार एक र शनिबार एक गरी दुई वटा जहाजबाट करिब ७ सय पर्यटक नेपाल आउने भएका छन् ।

उनीहरूलाई विमान बङ्गलादेशको जहाजले नेपाल ल्याउने भएको छ । बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको समेत बोर्डले जनाएको छ । उनीहरू बिहान साढे ११ बजे विमानस्थलमा अवतरण गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस