२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गर्ने १२१ उद्योगविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । 

कारबाहीमा पर्नेमा पिउने पानीका २१, दूध तथा दुग्ध पदार्थका १७, खाद्यान्न तथा दलहन र त्यसबाट बनेका परिकार १६, दाना पदार्थका १५, मसलाका ७, चिया/कफीका ७ र फलफूल तथा सागपातजन्य ७ वटा उत्पादनमा गुणस्तरको प्रश्न उठाउँदै विभागले मुद्दा दायर गरेको हो । त्यस्तै महका ५ र अन्य खाद्य पदार्थका २१ गरी कुल १२१ उद्योग विरुद्ध मुद्धा दायर गरेको विभागले जनाएको छ ।

महर्जनका अनुसार गत वर्ष विभागले देशभरबाट ३ हजार ११३ वटा खाद्य वस्तुको नमुना परीक्षणका लागि सङ्कलन गरेको थियो । जसमा खाद्यान्न र दलहनका ९१०, फलफूल र सागपातजन्य ३५१, तेल, घ्युका ३४९ र मसलाका २८३, पिउने पानीका १५५ नमुनाको विश्लेषण गरेको थियो ।

जसमध्ये खाद्यान्नका ४७, पिउने पानीका ४१, फल तथा सागपातजन्य पदार्थका १३, मसलाका ७ र अन्य विभिन्न उत्पादनका १९८ नमुनाको मापदण्ड नपुगेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस