झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । ९ महिनाअघि सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना तथा मतदानमा धाँधली भएको भन्दै परेका १६ वटा रिट निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्न नभ्याइनेमा पारेको छ ।

निकै लामो समयपछि दोहोर्‍याइ मतगणना गरी पाउँ भनी दिएका रिट निवेदन र पुनः मतदानको माग गर्दै परेका रिटमाथिको सुनुवाइ बुधबारको संवैधानिक इजलासमा तोकिएको थियो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग पराजित भएका काँग्रेसका डम्बर खड्काको तर्फबाट उनका वकिलले स्थगित गराएबाहेक अरु सबै रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो ।

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको अध्यक्षताको संवैधानिक परिषदमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन् ।

आजको पेशीमा एमालेका धनुषा २ बाट पराजित उमाशङ्कर अरगरिया, पर्साका काँग्रेस उम्मेदवार सुरेन्द्र चौधरी, धनुषाका काँग्रेस उम्मेदवार महेन्द्र यादवलगायतको पुनः गणनाको रिट थियो ।

त्यस्तै नेकपा एसका नेता झलनाथ खनाल, एमालेका कर्णबहादुर थापालगायतले निर्वाचन बदर गरी पुनः निर्वाचन गरिपाऊँ भन्ने रिटमाथिको सुनुवाइ पनि हेर्न नभ्याइनेमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस