पार्टी सदस्यसमेत नरहने गरी ७ जना एमालेबाट निष्कासित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पार्टी सदस्यसमेत नरहने गरी ७ जना एमालेबाट निष्कासित


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न ७ जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ ।

मङ्गलवार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।

वक्तव्यमा जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ ।

बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौँमा उपचार भइरहेको छ ।

पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस