१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

अ+ अ-

काठमाडौँ । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका-१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् ।

पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिका-९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् । अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उनले बताए । विसं २०६९ मा राजीनामा गरेको जग्गा फिर्ता गराइएको लम्सालले बताए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएको उनले जानकारी दिए । पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायव सुब्बा लम्सालले बताए । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो । अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् ।

नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । “सात उजुरीमा सहमति जुटेको छ । अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ”, उनले भने । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस