कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मङ्गलवार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

सोमबार बोर्ड बैठक बसेर तयारी पुरा भएपछि नतिजा सार्वजनिक गर्न पुनः बैठक डाक्ने निर्णय भएको थियो । त्यहीअनुसार मङ्गलवार साढे ४ बजेलाई बैठक बोलाइएको बोर्डका एक कर्मचारीले बताए ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस