च्यासल हिटीबाट चोरिएको विष्णुको आकृति अस्ट्रेलियाको लिलामगृहमा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

च्यासल हिटीबाट चोरिएको विष्णुको आकृति अस्ट्रेलियाको लिलामगृहमा


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । पाटनको च्यासल हिटीबाट चोरिएको नवौँ शताब्दीको उभिएका विष्णुको आकृति अस्ट्रेलियाको मेलबर्नस्थित एक लिलाम गृह ‘लियोनार्ड जोएल अक्सन’मा राखेको पाइएको छ ।

सन् ८० दशकको सुरुवातमा पाटनको च्यासल हिटी (पानीधारा)बाट चोरिएको उक्त ढुङ्गा आकृतिको अवस्थिति र पहिचान प्रमाणित गरेर ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानले दिएको सूचनामा, अस्ट्रेलियाकै अर्को निजी सङ्ग्रहकर्ताले पनि यही सम्पदा २०१६ अक्टोबर १६ मा लिलामीमा राखेको थियो । त्यसबेला मूल्य घटीमा ४० हजार अस्ट्रेलियन डलर तोकिएको थियो । यतिखेर यो सम्पदा लियोनार्ड जोएल लिलाम गृहमा राखिएको छ । सन् १९१९ मा स्थापित यो लिलाम गृहको शाखा अस्टेलियाको मेलबर्न र सिड्नीमा राखिएको छ ।

पूर्ण कदको विष्णु आकृति भए पनि लिलाममा राखिएको आकृति भने टुटेफुटेको देखिन्छ । विष्णु आकृतिको अनुहार सबलीकरण गरिएको जनाए पनि लिलामगृहले यो सम्पदाका अरु अंश कता छ, कसरी राखिएको छ– केही बताएको छैन । ऐतिहासिक हनिंगटन अर्काइभ (जोन सी.) संकलनमा यो विष्णु आकृतिबारे तस्बिर सङ्कलित छ ।

यस्तै, कलाविद् लैनसिंह वाङ्देलको ‘इन्भेन्ट्री अफ स्टोन स्कल्प्चर्स अफ द काठमाडौं भ्याली’ कृति र स्विस अन्वेषक उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स’(१९७६) मा यो विष्णु आकृतिको तस्बिर सङ्कलित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस