काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले वर्तमान सरकारले आतङ्ककारी समूहको नेतृत्व गरिरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले सुन तस्करीको नाइकेको राजीनामा माग्दा आफूलाई गिरफ्तारी गरिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आतङ्ककारी समूहको नेतृत्व गरिरहेको बताएका हुन्।
उनले भने, ‘प्रजातान्त्रिक सिस्टममा बोल्न पाइँदैन भने, पक्राउ पुर्जीबिनै पक्राउ परिन्छ भने जनताको अवस्था कस्तो होला ? त्यसैले मलाई बोलेकै भरमा आतङ्ककारी जसरी पक्राउ गर्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ’,उनले भने। उनले आफूले सुन तस्करीको नाइके पक्राउ गर्न माग गर्दा आफैँलाई पक्राउ गरिएको बताए।