बालुवाटार प्रकरणमा मैले कुनै गल्ती गरेको छैन : माधव नेपाल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बालुवाटार प्रकरणमा मैले कुनै गल्ती गरेको छैन : माधव नेपाल


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । एकीकृत समाजवादीका माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले कुनै बदमासी नगरेको दाबी गरे । उनले भने ‘नबिराउनु नडराउनु मैले केही पनि बिराएको छैन ।

कुनै बदमासी गरेको छैन । कुनै अपराध गरेको छैन, कुनै भ्रष्टाचार गरेको छैन । कुनै पनि लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन । र अलि अलि चित्त दुखेको छ । ’उनले अहिले देश अन्योलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।

‘के गरौला भनेको के पो भयो भने जस्तो देशको स्थिति छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासी केही भएको छ भने त्यसको छानबिन होस त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भूमिका रहनेछ ।’ उनले भने ।

उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए । ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ’

उनले नेपाली राजनीतिमा निकै नै जटिल देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन् । जारी संसद अवरोधले जनतामा धेरै नकारात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस