प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायत विभिन्न ८ कार्यसूची छ।

यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको संलग्नता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन । उसले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस