काठमाडौँ । अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मिचौर-अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो ।
पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
सडक पूर्णरुपमा अवरुद्ध भएको र पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।