१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकारद्वारा संघीय सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । 

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एक दिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा. बेदुराम भुसाललाई लोगो हस्तान्तरण गरेका हुन् ।

उक्त लोगो ग्रहण गर्दै मन्त्री डा. भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न सङ्घ सरकार तयार छ”, उनले भने, “रैथाने, प्राङ्गारिक र मूल्यवान कृषि वस्तु उत्पादनमा वृद्धि गर्न सके मात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ ।” यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले मुलुकको गौरव बढाउने मन्त्री डा .भुसालको भनाइ थियो ।    

लोगो हस्तान्तरण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत,  प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे । उनले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनुपर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताए । 

अर्गानिक उत्पादनका लागि प्राङ्गारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्नसहित मन्त्री शर्माले मन्त्री भुसालको ध्यानाकर्षण गरे ।

मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषि मन्त्री तथा सचिवसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस