२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्थलीको गर्मी छल्ने आकर्षक पर्यटकीय गन्तव्य ताबेँडाँडा

अ+ अ-

काठमाडौँ । मन्थलीको गर्मी छल्न रामेछापवासी र रामेछाप घुम्न आएकाको लागि उमाकुण्ड गाउँपालिकाको ताबेँडाँडा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा देखिएको छ ।

ताबेँ डाँडोलाई धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकन स्थलको रूपमा विकास गर्न उमाकुण्ड गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम सुरु गरेको छ । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको सीमानामा पर्ने ताबेँडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न आवश्यक काम सुरु गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । अहिले सो स्थानसम्म पुग्ने पदमार्ग, मन्दिर, च्छ्योर्तेन गुम्बालगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।

नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा संरचना निर्माणका काम भइरहेका छन् । त्यस्तै वाग्मती प्रदेशको पूर्वाधार कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भएको छ ।

उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा गोकुलगंगा गाउँपालिकाले १ करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरेको छ । उमाकुण्ड गाउँपालिकाले पनि संरचना निर्माणका विभिन्न काम गरिरहेको छ ।

हिउँदमा हिउँ पर्ने र चैत वैशाखमा विभिन्न जातका गुराँस र चिमलले ढकमक्क ताबेँ क्षेत्र वर्षामा कुहिरोको लुकामारीमा पनि त्यतिकै मनोरम देखिन्छ ।

रामेछापको सदरमुकाम मन्थली र दोलखाको जिरी जताबाट गए पनि ताबेँसम्म पुग्ने सडक बनेको छ । मन्थलीबाट रस्नालु, ठोसे हुँदै ताबेँडाँडा पुग्न सकिन्छ । रस्नालुबाट भुजीडाँडा हुँदै सोझै ताबेँ पुग्ने सडक पनि बनेको छ छ । दोलखाको जिरीबाट रामेछापको ठोसे निस्किएर पनि सो स्थानमा पुग्न सकिन्छ ।

सो स्थानबाट तलका भूभागका साथै हिम श्रृंखलाको दृश्यावलोकन निक्कै मनोरम देखिन्छ । स्थानीय परिकारका साथै ताबेँको आलु निक्कै मिठो र प्रख्यात त छ । आलु पनि ताबेँको यात्रामा सुनमा सुगन्ध थपेको छ ।

प्रतिक्रिया दिनुहोस