भारतले हटायो नेपाली गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतले हटायो नेपाली गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध 


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । भारतले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेँडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् ।

नेपाली गोलभेँडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ । उनले नेपालबाट आयात हुने गोलभेँडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् ।

तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेँडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस