पर्यटन मन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउन एयरगन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटन मन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउन एयरगन


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । गृह जिल्ला भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् ।

स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रूपमा गर्दै आएको सरसफाइमा सहभागी भएका मन्त्री किरातीले लामखुट्टे मार्ने एयर गन समेत उपलब्ध गराएका हुन् ।

भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन शिलान्यासको लागि गृह जिल्ला पुगेका मन्त्री किरातीले जिल्लाको ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा उपस्थित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस