नेपालकै होची महिला मालतीलाई नागरिकता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालकै होची महिला मालतीलाई नागरिकता


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । मोरङ सुन्दरहरैँचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखीएका वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले मासिक रु. चार हजार भत्ता दिँदै आएको र उनकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस