२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्ष सम्म यो गठबन्धन दायाँबायाँ हुँदैन : सांसद देव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘देशमा एउटा राजनीतिक स्थिरता छ । प्रि पोल एलाइन्स्, गठबन्धनको सरकार छ पाँच वर्ष चल्नेमा कुनै शङ्का छैन ।’

जनताले चाहेको राजनीतिक स्थिरता र अन्तराष्ट्रिय समुदायले चाहेको राजनीतिक स्थिरता नेपालमा अहिले प्राप्त रहेको उल्लेख गर्दै उनले थपे, ‘पाँच वर्ष सम्म यो गठबन्धन दायाँबायाँ हुँदैन ।’

सरकारले राम्रो बजेट ल्याएको उल्लेख गर्दै उनले सही कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकाससँगसगै जनताले सुशासन चाहेको र सरकारले जनचाको चाहना बुझेर भ्रष्टाचार विरुद्धमा अभियानहरू सुरु गरिसकेको उनको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, ललिता निवास प्रकरण र नक्कली शैक्षिक प्रमाणपत्र लिनेहरुविरुद्धको अनुसन्धान अगाडि बढेको उल्लेख गर्दै उनले यसमा प्रमुख प्रतिपक्षीको असहमति हो भन्दै प्रश्न गरे ।

काँग्रेसकै सांसदहरु पक्राउ पर्दा समेत अनुसन्धान र सुशासनको अभियान भएकै कारण आफूहरू चुप रहेको बुझ्न एमालेलाई कांग्रस सांसद देवको आग्रह छ । अनियमितता गरेको पुष्टि भए जो कोही कानुनी दायरामा आउनुपर्ने र ल्याउने गरी सरकार अगाडि बढेका बेला प्रमुख प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्ने पनि उनको सुझाव छ ।

कुनै पनि अनुसन्धान गर्न राज्यका संयन्त्रहरू रहेको र त्यसको अनुसन्धानप्रति विश्वास गरेर अगाडि जानु नै सबैको हितमा रहेको उनको भनाइ छ । सिआइबीले गरेको अनुसन्धानमा अविश्वास गर्दै राजनीतिक कार्यकर्ता राखेर छानबिन समिति बनाएर विषय सामसुम पार्ने चाहना लुकेको हुन सक्ने उनले बताए ।

सुन तस्करीको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । तर एमालेले छुट्टै छानबिन समिति गठनको माग गरेर सदनलाई कार्यसूचीमा प्रवेश गर्न दिइरहेको छैन । ‘दालमा काला हे । रहस्य छ यसमा’ एमालेको संसद अवरोधप्रति उनले आशङ्का गरे, ‘चोरको खुट्टा काट भन्दा किन उचाल्ने ?’

सरकार र संसद दुवैमा बहुमत हुने उल्लेख गर्दै उनले अल्पमतले सदन अवरुद्ध गर्न नमिल्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस