काठमाडौँ । काठमाडौँको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकालगायतका दमकल पुगेका छन् ।
भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।
दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।