२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा ऐनविरुद्ध शिक्षक महासङ्घ पनि आन्दोलनमा

अ+ अ-

काठमाडौँ । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्ट जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले आन्दोलनको कार्यक्रम घोषणा गर्न शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले विधेयकले ट्रेड युनियन अधिकारलाई निषेध गर्ने, स्थानीय तहलाई शिक्षक निष्कासनसम्मको अधिकार दिने, सबै दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका विषयमा असन्तुष्टि रहेको बताए ।

विधेयकमा शिक्षकलाई हटाउने वा बर्खास्त गर्ने व्यवस्था गरेकामा महासङ्घले आपत्ति जनाएको छ । त्यस्तै शिक्षकले कुनै राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने व्यवस्थामा पनि महासङ्घको विरोध छ ।

राजनीतिक दल वा दलसँग आबद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक प्रभाव पार्न नहुने विधेयकमा उल्लेख छ ।

शिक्षकले आफ्नो विद्यालयको काममा बाहेक अन्यत्र कुनै नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्न नहुने पनि विधेयकमा छ ।

विधेयकले शिक्षकलाई प्रदर्शन गर्न, बन्द हडतालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, पठन पाठन बन्द गर्न वा अन्य कुनै तरिकाबाट बालबालिकाको पढ्ने अधिकारमा बाधा पुर्‍याउन वा सो कार्य गर्ने उद्देश्यले अरूलाई उक्साउन नहुने विधेयकमा व्यवस्था छ ।

कार्य क्षमताको अभावका कारण अध्यापनको जिम्मेवारी पूरा गर्न नसकेमा शिक्षक बर्खास्त गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ । शिक्षकले परीक्षामा प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने गराउने, उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिनेछ ।

त्यस्तै विद्यार्थीलाई पटक पटक शारीरिक यातना दिएमा वा यौन दुर्व्यवहार गरेमा वा चरम मानसिक यातना दिने उद्देश्यले कुनै कार्य गरेमा, राजनीतिक दल वा दलसँग आबद्ध सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा शिक्षक सेवाबाट हटाउन सकिने अथवा बर्खास्त गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस