काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन निर्देशन दिएका छन् ।
पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा पोशाकसहित अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।
मन्त्रीको ‘हनिमुन’ अवधि पूरा भएको उपलक्ष्यमा सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ । भोलि शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएको भन्दै अस्पतालहरूले परिपत्र गरेका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको हो ।
