काठमाडौँ । सरकारले सहसचिव र उपसचिवको रिक्त पदको विवरण पठाउन परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव र राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवको रिक्त पदको विवरण भदौ १० गतेभित्र पठाइसक्न विभिन्न निकायलाई परिपत्र गरेको हो ।
मन्त्रालयले मङ्गलवार सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग र सचिवालय तथा निकायलाई परिपत्र गरेको छ ।
मन्त्रालयले पद रिक्त भएको कारणसम्बन्धी प्रमाणित कागजात निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ३ बमोजिम चालू आर्थिक वर्षमा अवकाश तथा बढुवाबाट रिक्त हुने पदको समेत गणना गरी माग फारम पठाउँदा त्यसको पुष्ट्याइका आधार प्रमाणित गर्ने सम्पूर्ण कागजात पेश गर्न परिपत्रमा भनेको छ ।
परिपत्रअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) रिक्त पदको विवरण सम्बन्धित निकायको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)बाट सेवा, समूह र उपसमूहअनुसार छुट्टाछुट्टै पानामा प्रमाणित गराइ पठाउनुपर्ने छ ।
सरकारले सहसचिव र उपसचिवको रिक्त पदको विवरण पठाउन परिपत्र गरेको छ ।
पत्र :
