राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

त्यसअवसरमा नेपाल-पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो। उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए। 

अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस