२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तापक्षले संसद्मा दादागिरी देखायो : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध गर्नु दादागिरी भएको बताए।

बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए। उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरूले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए।

बर्तौलाले भने, ‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननीय सभामुखज्यूले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरूले उठेर अवरोध गर्नुभयो। सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसद्मा द्वन्द्व गर्न चाहन्छ । किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन ? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन। सत्तापक्षका सांसदहरू हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ।’

बर्तौलाले प्रतिपक्षले बोल्न पाउने अधिकार सत्तापक्षले कुण्ठित गरेको बताए। ‘उहाँहरू योजनाबद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरू सबै करणी आफू गर्ने। यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन। संसद्लाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ। त्यो खेतीमा लागेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस