काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उद्घाटन गरिएको छ। विश्वविद्यालयको सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले उद्घाटन गरेका हुन्।
मकवानपुरको चित्लाङमा स्थापना भएको विश्वविद्यालयले सुरुमा विद्यावारिधि र स्नातकोत्तरबाट आफ्नो कार्यक्रम सुरु गर्ने जनाएको छ भने आउँदो मङ्सिर १५ गतेदेखि शैक्षिक कार्यक्रम शुरु गर्ने बताइएको छ।
पहिलो चरणमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा स्नातकोत्तर कार्यक्रम सुरु गर्ने विश्वविद्यालयले जनाएको छ ।