२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारले थाल्यो उद्योगमन्त्रीविरुद्ध अनुसन्धान 

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र एक कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शङ्कास्पद रकमान्तर गरेको उजुरीपछि आयोगले अनुसन्धान गर्ने निर्णय गरेको हो । प्रदेशका जिल्लाका लागि रेडबुकमा सार्वजनिक भएको योजनाको रकम नियम विपरीत गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तको अन्त्यतिर मन्त्री यादव र कर्मचारी यादवले कमिसनमा रकमान्तरण गरी अनियमितता गरेको उजुरी दर्ता भएपछि अख्तियारको बर्दिबास कार्यालयले अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

अख्तियारको कार्यालयले उक्त उजुरी सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयलाई यही साउन १४ गते पत्राचार गरिसकेको छ । गत आवको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रम पर्यटन विकासबाट सञ्चालन गर्ने भनिएको करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकका दुई सय ६३ नयाँ योजनामा कमिसनका आधारमा नियमविपरीत विनियोजन गरी रकमान्तर गराएको आरोप छ ।

रेडबुकमा सार्वजनिक गरिएको योजना संशोधन गरी पुनः रकमान्तर गर्ने अधिकार नहुँदा पनि मापदण्डविपरीत आव मसान्तको अन्त्यतिर रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै मन्त्री यादव र सहायक वन अधिकृत यादवविरुद्ध उजुरी परेको छ । 

योजनाको पुनः बाँडफाँट गरिएको भनी रकमान्तर गरिएको अधिकृत यादवले टिप्पणी उठाउनुभएको थियो । मन्त्री यादवमाथि रकमान्तर गरिएको सबै योजना १० प्रतिशत कमिसनमा वितरण गरिएको आरोप अख्तियारमा दिइएको उजुरीमा उल्लेख रहेको बुझिएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्री यादवले छानबिनमा सघाउन आफू तयार रहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले उजुरी हाल्दैमा सबै दोषी ठहर नहुने पनि भन्दै सत्यतथ्य अनुसन्धानका लागि आफू अख्तियारलाई सघाउन तयार रहेको बताए ।

मन्त्री यादवले फेसबुकमा लेखेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा कसैले कसैमाथि पनि विरोध गर्न पाउनु, उजुरी÷आरोप लगाउन पाउनु नितान्त सामान्य कुरा हो । यही त लोकतन्त्रको विशेषता पनि हो । उजुरी हाल्दैमा सबै दोषी ठहर हुने पनि हैनन्, प्रमाणित हुनुपर्दछ ।”

उनले आफूलाई जोडेर मधेस प्रदेशका जिल्लाका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाको रकम नियमविपरीत रकमान्तर गरी अनियमितता गरेको ब्यहोरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीमा दर्ता गराइएको उजुरीमा कुनै सत्यता नरहेको दाबी गरे । आफू विरुद्धको उजुरी आमजनतालाई भ्रमित पारी आफ्नो चरित्रहत्या गर्ने सुनियोजित योजना मात्र रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस