२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिणपन्थी काँग्रेस मित्र, एमाले शत्रु शक्ति ठान्नु गलत : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेसलाई दक्षिणपन्थी टिप्पणी गर्दै उसविरुद्धको सङ्घर्ष केन्द्रित गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । 

पार्टीको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसलाई मित्र र एमालेलाई शत्र शक्ति ठान्न नहुने उल्लेख गरेका छन् ।

खनालले राजनीतिक प्रतिवेदनमा एमालेसँग सौद्धान्तिक अन्तरविरोध भएपनि राजनीतिक रूपमा मित्र शक्ति ठान्नुपर्ने बताएका छन् ।

खनालले प्रस्तुत गरेको १६ पृष्ठको राजनीति प्रतिवेदनमा काँग्रेस मुख्य दक्षिणपन्थी रहेको बताएका छन् । ‘यतिबेला मुख्यतः दक्षिणपन्थी शक्ति नेपाली काँग्रेसको नेतृत्व र व्यापक जनताको बीचको अन्तर्विरोध प्रधान राजनीतिक अन्तरविरोध हो,’ उनले भनेका छन् ‘अरु सबै प्रतिक्रियावादी गुटहरूसँगको अन्तरविरोधहरू तिखा भएर पनि तिनीहरू सबै गौण अन्तर्विरोध नै हुन् ।

उनले सबै वामपन्थी राजनीतिक समूह वा समाजवादी तथा लोकतान्त्रिक राजनीतिक समूहहरूसँगका राजनीतिक अन्तरविरोधहरू मित्रतापूर्ण अन्तरविरोधहरू भएको बताएका छन् ।

एमालेलाई शत्रु शक्ति घोषणा गरेर जाने र दक्षिणपन्थी शक्तिलाई मित्र ठान्ने धारणाबाट सतर्क हुनुपर्ने बताएका छन् ।

‘एमालेको नेतृत्वसँग हाम्रो पार्टीको वैचारिक अन्तरविरोध चर्को छ, तर राजनीतिक शक्तिको हिसाबले त्योसँगको अन्तरविरोध पनि मित्रतापूर्ण अन्तरविरोध नै हो,‘उनले भनेका छन् ‘एमालेलाई शत्रु शक्ति जस्तो ठानेर दक्षिणपन्थी शक्तिलाई ‘मित्र ठान्ने’ र एमालेलाई ‘मुख्य निशाना’ ठान्ने दक्षिणपन्थी दृष्टिकोणबाट हाम्रो पार्टी सर्तक रहनु पर्छ । आजको मुख्य सङ्घर्ष नै दक्षिणपन्थी र वामपन्थीबीचको सङ्घर्ष हो ।’

एमालेबाट विभाजित भएर २०७८ भदौमा एकीकृत समाजवादी बनेको हो । एमाले र एकीकृत समाजवादीका नेताहरू एक अर्कोप्रति कटाक्ष गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस