२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दस्तावेजका लागि ५१ ठाउँमा सुझाव सङ्कलन गर्दै रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गर्ने भएको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव सङ्कलन गरिने भएको छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव सङ्कलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव सङ्कलन गरिने निक्र्यौल भने भइसकेको छैन ।

महामन्त्री मुकुल ढकालका अनुसार भौगोलिक र समुदाय फरक पर्ने गरी ५१ स्थानबाट सुझाव सङ्कलन गरिने भएको छ । सुझाव सङ्कलनका क्रममा स्थानीयबासिन्दासँग अन्तरक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।

सुझाव सङ्कलन गरिने स्थान छनोट गर्दा एउटै जिल्लाका दुई ठाउँ नहुने गरी ५१ गाउँ चयन गर्ने तयारी गरिएको छ । भौगोलिक र समुदायमा विविधता हुने गरी ठाउँ निश्चित गर्ने जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्मेवारी दिइएको छ ।

सुझाव सङ्कलनका लागि खटिँदा टोलीका सदस्य आफ्नो गृह क्षेत्रमा भने जान पाउने छैनन् । 

‘नयाँ युगको सङ्कल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डल सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । तीन गाउँ पुग्नुपर्ने भएकाले १५ दिनको अवधि तोकिएको छ ।

गत जेठमा महामन्त्री ढकालले पार्टी बैठकमा राखेको दस्तावेज विवादमा परेपछि नीति तय गर्नका लागि १७ जनाको टोली असार पहिलो साता गठन गरिएको थियो ।

दस्तावेज तयार गर्नका लागि बनेको टोलीमा नेताहरू मुकुल ढकाल, कवीन्द्र बुर्लाकोटी, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, सुमना श्रेष्ठ, मनिष झा, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, रमेश प्रसाईँ, कमल सुवेदी, गणेश पराजुली, विपिन कुमार आचार्य, क्रान्तिशिखा धिताल, र शङ्कर श्रेष्ठ छन् ।

पार्टी स्थापना दिवस (असार ७)मा सार्वजनिक गर्ने तयारी गरेको भए पनि पार्टी भित्रै विवादले रोकेर थप गृहकार्यमा रास्वपा लागेको थियो । 

प्रतिक्रिया दिनुहोस