एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य निष्कासित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य निष्कासित


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ।

एकीकृत समाजवादीको साउन १९ मा बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको छ ।

कर्माचार्य एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पनि थिए। उनी पूर्व सांसद पनि हुन्।

उनका गतिविधिको भ्रममा नपर्न एकीकृत समाजवादीले आफ्ना कार्यकर्तालाई आह्वान पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस