१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक ‘होमस्टे’मा जीन बैंक स्थापना

अ+ अ-

काठमाडौँ । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर)क्षेत्रलाई एउटा क्षेत्रका रूपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । 

थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका (घरबास) सञ्चालक कृष्ण चौधरीले बताए । उनका अनुसार जीन बैंक स्थापना भएसँगै गाभर भ्याली होमस्टे क्षेत्रका बासिन्दा आणुवाशिंक स्रोत संरक्षणमा सक्रिय छन् । “यस क्षेत्रका समुदाय जीन बैंक स्थापनाका लागि परम्परागत शैलीमा संरक्षण गर्न अग्रसर छन्”, उनले भने ।

समुदायको जिम्मेवारीमा आफ्नो क्षेत्रमा पाइने बाली, घाँसे बाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सूक्ष्म जीवाणुको आनुवंशिक विविधता संरक्षण तथा उपयोग हुने गरी गरिएको व्यवस्थापन प्रणाली नै सामुदायिक जीन बैंक हो । कृषिको सबै जात (बाली, घाँसे बाली, पशुपक्षी, किरा, सूक्ष्म जीवाणु र जलीय जीवको संरक्षण तथा उपयोगमा जोड दिन २०७८ फागुन २४ गते उक्त जीन बैंक स्थापना गरिएको थियो । 

नेपाल कृषि जैविक विविधतामा धनी छ तर मौलिक वस्तु लोप हुनेक्रम तीव्र भएकाले जीन बैंक स्थापना भएदेखि कृषि जैविक विविधता भित्र पर्ने छ प्रकारका आणुवाशिक स्रोतको संरक्षण भएको छ । गाभर भ्याली पर्या-पर्यटकीय क्षेत्र भएको हुँदा यस क्षेत्रमा आउने पर्यटकले अणुवांशिक स्रोत संरक्षण गर्नुपर्छ भन्ने ज्ञानको विकास भएको जीन बैंक सञ्जालका सचिव चौधरीले बताए ।

मौलिक वस्तु तथा प्रविधि नै जीवन र आर्थिक उन्नतिका आधार भए पनि करिब ५० प्रतिशत रैथाने कृषि विविधता हराइसकेको छ । कृषिको सबै जातलाई समेटेर समुदाय तहमा संरक्षणका लागि पहल गर्न नेपालमा सामुदायिक बीउ बैंक विसं २०५१ मा स्थापना भए पनि त्यसको खासै प्रभाव भने देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस