माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव, २०६३ यताका सबैको सम्पत्ति छानबिन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव, २०६३ यताका सबैको सम्पत्ति छानबिन गर्न माग


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीमा उमेरहद लागू गरिनुपर्ने माग उठेको छ । जारी केन्द्रीय समितिको बैठकमा सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिने बताइएको छ । 

हरेक कमिटीहरू निर्वाचनद्वारा चयन हुनुपर्ने माग पनि बैठकमा उठेको छ । 

पार्टी तथा जनवर्गीय सङ्गठनका हरेक तहका कमिटी २ अङ्कको बनाउनुपर्ने सुझाव नेताहरुले दिएका छन् ।

हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकालमात्र रहन पाउने व्यवस्था गर्न माग गरिएको छ । 

२०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुका साथै आवश्यकताअनुसार राज्यको निकायद्वारा छानबिन पनि गराउनुपर्ने नेताहरूको माग छ । 

Tags :
प्रतिक्रिया दिनुहोस