लालबहादुर विक जेलमुक्त  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लालबहादुर विक जेलमुक्त 


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्। 

आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका विश्वकर्मा उच्च अदालत विराटनगरले सफाई दिएसँगै जेलमुक्त भएका हुन् । 

उनले ठगी तथा बैंकिङ कसुर मुद्दामा मङ्गलवार सफाइ पाएका थिए। मङ्गलवार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै  सफाइ दिएपछि उनी रिहा भएका हुन्।

बुधबार उनी जेलबाहिर निस्कँदा परिवार, आफन्तजन तथा शुभचिन्तकहरूले स्वागत गर्दै खुसीयाली बनाएका थिए। सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रूपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले ३ करोडभन्दा बढी रकम बिगो भराउन आदेश दिएको थियो। निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए। उच्चले जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याएर उनलाई थुनामुक्त गरेको हो।

छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए। पत्नी दिलकुमारी र उनका अन्य आफन्तले फूलमाला र अबिर लगाएर उनको स्वागत गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस