सुन तस्करी छानबिनका लागि छुट्टै समिति गठन गन माग  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुन तस्करी छानबिनका लागि छुट्टै समिति गठन गन माग 


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला सांसद पौडेलले पनि यस्तो बताएका हुन्।

मङ्गलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताए। उनले सो छानबिनलाई निर्मम ढङ्गले अघि बढाउन संसद्ले कडा निगरानी राख्नुपर्नेसमेत बताए।

उनले भने, ‘राज्यले यसलाई गम्भीर विषय बनाउनु पर्‍यो नि। राज्यको जुन ढङ्गको गम्भीरता हुनुपर्ने हो, त्यो ढङ्गको गम्भीरता देखिएको छैन। संसदमा छलफल हुनुपर्छ। छानबिन समिति बनाउनु पर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस