२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गँड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

अ+ अ-

भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गँड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुई वटा कृषक समूहका ४० घरपरिवारले गँड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् ।

कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गँड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ जोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गँड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरूलाई ७५ प्रतिशत अनुदानमा गँड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ ।

रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गँड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउछन् । गँड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उनको भनाइ छ ।

‘हामीले कृषकलाई प्राङ्गारिक खेतीमा जोड्न गँड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौँ’, प्रमुख खत्री भन्छन्, ‘यहाँका ४० कृषकले यो मलको उत्पादन थाल्नुभएको छ । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।’

गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गँड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गँड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गँड्यौला राखिन्छ । गँड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरुले आफ्नो आहाराका रूपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रूपमा प्रयोग गरिने उनी बताउछन् ।

‘यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ’, प्रमुख खत्री भन्नुहुन्छ, ‘गँड्यौलाले खाएर गरेको दिसालाई मलका रूपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ। यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।’

गँड्यौला मलको प्रयोगले प्राङ्गारिक उत्पादनमा सहयोग पुग्ने किसानहरूको भनाइ छ । गँड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्राङ्गारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राई बताउछन् । गँड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ । “हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौँ”, कृषक राई भन्छन्, “यो मलको प्रयोग गरेर प्राङ्गारिक बस्तु उत्पादनमा जोड दिएका छौँ । गँड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ ।”

माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गँड्यौला मल लाभदायक रहेको किसान राई बताउछन् । गँड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई रु २० लाख सहयोग गरिएको जनाएको छ । एक किसानले रु ५० हजार बराबरको गँड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गँड्यौला मल उत्पादन गर्न थालेको छ । राम्रो ढङ्गले गँड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एक वटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ ।

‘गँड्यौला मलसँगै प्राङ्गारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौँ’, उनी भन्छन्, ‘किसानहरूले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थाल्नुभएको छ । राम्रो ढङ्गले गँड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस