२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान र अभियोजनकर्ता बीचको समन्वयले मात्रै परिणाम आउँछ : महान्यायाधिवक्ता

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनकर्ताबीच एकापसमा अझ बढी सहयोग र समन्वय भइराखे मात्रै राम्रो परिणाम आउने बताएका छन् ।

आज काठमाडौँमा ‘कसुरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीमा उनले न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित सिआइडी पत्रिकाको संयुक्त रूपमा विमोचन गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फौजदारी न्याय प्रणालीको महत्त्वपूर्ण स्तम्भका रूपमा रहेको अभियोजनकर्ता सरकारी वकिलको कार्यालय र अनुसन्धानकर्ता नेपाल प्रहरी बीचको व्यावसायिक र समन्वयात्मक सम्बन्धले न्याय प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने चर्चा गरे ।

गोष्ठीमा नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालले कसुर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू, अधिवक्ता सुवास आचार्यले प्रतिरक्षा वकिलको दृष्टिकोणबाट हाल भइरहेको कसुरको अनुसन्धानमा गरिनुपर्ने सुधारका पक्षहरू र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले कसुर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयमा प्रदेशगत प्रस्तुतीकरण गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव, सहन्यायाधिवक्तहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, कानुन व्यवसायी अधिवक्ताहरू, उप-न्यायाधिवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस