कृषिमन्त्री भुसालको दाबी : रासायनिक मल अभाव छैन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषिमन्त्री भुसालको दाबी : रासायनिक मल अभाव छैन


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले रासायनिक मल अभाव नरहेको बताएका छन। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिएको हुन् ।

‘हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउँदै उनले वितरणमा पनि केही समस्या देखिएको हुनसक्ने बताए ।

गत वर्षजस्तो यस वर्ष अभाव छैन’, मन्त्री भुसालले भने, ‘सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन्।’

उनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल रू. ३८ अर्ब बजेट विनियोजन गरेकामा रू. ३३ अर्ब बराबरको मल आपूर्ति गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस