३ सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

३ सय रुपैयाँले घट्यो सुनको मूल्य


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर १ लाख १२ हजार छ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार नौ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस