२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा.रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् ।

उनले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिए । पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डेले गुनासो गरे । उनले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजोसमेत फाटेको बताए ।

अर्का किसान रामु मण्डलले आफ्ना धानका बिरुवा ब्याडमै सुकिरहेको बताए। जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा–४ का किसान उपेन्द्र यादवले आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले सुकिरहेको बताए ।

रामगोपालपुर नगरपालिका–५ का किसान प्रमोद मण्डलले पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको गुनासो गरे । जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस