काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएपछि आजको लागि बोलाइएको हो ।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो ।