अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आज पत्रकार सम्मेलन गर्दै संघले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आन्दोलन गर्ने सङ्घका अध्यक्ष मोहन गोलेले बताए ।

अधिवक्ता पाण्डेले तामाङ, मगर समुदायलाई अपराधी करार गर्ने किसिमको अभिव्यक्ति दिएको संघले आरोप लगाएको छ । उनलाई हालसम्म पक्राउ नगरिएको प्रति संघले आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस