नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध


१४ श्रावण २०८०, आइतबार


चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडक खण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस