१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि उठेन पोखराको फोहोर  

अ+ अ-

कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नम्बर ३२ मा स्थानीयले फोहोर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहोर उठ्न नसकेको हो ।

पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौदेखिको ल्याण्डफिल साइटमा फोहोर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रुपमा वडा नम्बर ३२ लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् ।

महानगरले छ महिनाभित्रमा फोहोर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहोर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।

पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको छ । वडा नम्बर३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रुपमा फोहोर लैजान छलफल भइरहेको बताए । ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहोर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताए ।

उनले भने, “राम्रोसँग फोहर व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्दछ भन्ने मुख्य माग स्थानीय जनताको छ, हामीले त्यसका लागि प्रतिबद्धता जनाएका छौँ, महानगर प्रमुखले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ, आइतबारसम्म सहमति हुन्छ होला ।”

महानगर प्रमुख धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयसँग सम्वाद भइरहेको बताए । उनले बजार क्षेत्रमा सडकमा ल्याएर फोहर नफाल्न पोखरावासीमा आग्रह गरेका छन् ।

उनले भने, “ल्याण्डफिल्ड साइटमा फोहोर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहर उठाउन सकिएको छैन, हामी सम्वादमा छौँ, डेङ्गु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ, फोहोर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु ।”

पोखरा महानगरले यसअघि गत पुसमा छ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहोर व्यवस्थापन सुरु गरेको हो । महानगरले वडा नम्बर ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहोर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस