२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तहमा बस्नेहरुकै कारण देशमा बेथिति बढ्यो 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, शीर्ष तहमै खराबी भएकाले देशमा बेथिति बढेको टिप्पणी गरेका छन् । 

काठमाडौँमा ‘पुर्नजन्म’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले मुहान सङ्लो नभएसम्म बेथिति सुधार्न कठिन हुने उनको टिप्पणी छ । 

उनले भने ‘देशमा बेतिथि छ, र त्यो गर्ने माथिल्लो तहमा बस्नेहरु नै हुन् । मुहान संलो भयो भने पानी राम्रो आउँछ । म राम्रो काम गर्छु, स्वच्छ हुन्छु, संलो हुन्छु भन्ने प्रतिवद्धता गर्न चहान्छु । आर्थिक क्षेत्रमा राम्रो हुने हो भने सबै राम्रो हुन्छ भन्ने मेरो मान्यता छ । ’ 

राज्यले उच्च पदस्थहरुको उपचारमा करोडौं खर्च गरेको भन्दै उनले त्यो रोक्ने प्रयास सुरु गरेको जिकिर गरे । ‘भिआईपीहरु उपचारको लागि कराडौं खर्च गर्ने गरेको छ, त्यसकारण वीर अस्पतालमा भिआईपी कोठा बढाउने राम्रो डक्टरहरुको टोली बनाउँने र त्यहाँबाट भएन भने मात्रै बाहिर जाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि १५ जना डक्टरको समूह बनाई सकेका छौ ।’ उनले भने । 

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नै नदिएको उनको टिप्पणी छ । ‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य जनताको मौलिक अधिकार भनेको छ । तर व्यवहारमा हुन सकेको छैन् । डब्लूएचओले देशको कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्छ भनिएको छ । नेपालको बजेटमा अझ ४० प्रतिशतले घटाएर पठाएको रहेछ ।’ उनले भने ‘म आएपछि ९५ करोड बल्ल बल्ल अर्थ मन्त्रालयबाट स्विकृति गराएर थप्न लगाएको छ । तलब खान पठाइयो यस्तो खालको परिस्थितिमा मन्त्री भएर आएको छु । ’ 

आफू गरीब र असहायहरुको निशुल्क स्वास्थ्यका लागि लागिरहेको उनको भनाई छ । ‘सिमित स्रोत र साधन भएपनि जनताको स्वास्थ्य सेवा गरीब निमूखाहरुको लागि निशूल्क हुनुपर्छ भनेर लागेको छु । म आएपछि १० प्रतिशत निशूल्क गर्ने काम सुरु गरेका छौँ । ’ 

प्रतिक्रिया दिनुहोस