२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो जनताको होइन, दलाल पुँजीवादीहरूको सरकार हो : शङ्कर पोखरेल  

अ+ अ-

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले, अहिलेको सरकार जनताको नभई पुँजीवादीहरूको भएको आरोप लगाएका छन् । 

नेकपा एमाले काठमाडौँ महानगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले, देश आर्थिक सङ्कटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे । 

‘आर्थिक रुपमा मुलुक सङ्कटमा पर्दा निश्चित व्यापारी घरानाको सम्पत्ति वृद्धि भईरहेको छ। यो कसरी सम्भव छ भने राज्यका नीति गलत बाटोमा छन् । अवैध अर्थतन्त्रको पक्षमा छ ।’ उनले भने ‘यो सरकार जनताको सरकार होईन्, यो सरकार दलाल पुँजीवादीहरूको सरकार हो । यसले अर्थतन्त्रको विकासमा होईन्, व्यापारिक पुँजीवादलाई प्रवद्र्धन गर्ने कुरामा अन्तराष्ट्रिय व्यापारलाई नेपालमा प्रवद्र्धन गर्न ऐजेण्डका रुपमा यो सरकारले भूमिका खेलिरहेको छ । त्यसो हुँदा आज हाम्रो मुलुक सङ्कटमा छ । ’ 

उनले एमालेको भूमिका प्रभावकारी नहुँदा लोकप्रिय हुँदा हुँदै पनि सोचे जस्तो परिणाम नआएको बताए । उनले भने ‘पार्टी यो मुलुकको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । तर हामी विरुद्धको घेराबन्दीका कारणले संसदमा हाम्रो उपस्थिति नेपाली काङ्ग्रेसको भन्दा तल छ । ’

एमालेमाथि अझै पनि चौतर्फी हमला भइरहेको भन्दै उनले अहिलेको सरकारले कुनै पनि हालतमा आफ्नो पार्टी नेतृत्वको सरकारको भन्दा राम्रो काम गर्न नसक्ने ठोकुवा गरे । ‘हाम्रो विरुद्धमा भएको घेराबन्दी हाम्रो कमजोरी होकि जनता र राष्ट्रियका पक्षमा हामीले गरिरहेका कामहरुका कारणले आफ्नो भविष्यका बारेमा चिन्ता गरिरहेका शक्तिहरुले हाम्रा विरुद्धमा आफ्नो सुरक्षाको लागि गरिएको घेराबन्दी हो भन्ने कुरालाई हामीले विश्लेषण गर्न सक्नु पर्छ । ’ उनले भने ‘अहिलेको सरकारको असफलतासँग नेकपा एमालेलाई जोडेर विश्लेषण गर्ने गरिन्छ । एमाले सरकारमा हुदाँ देश आर्थिक स्तरमा राम्रो थियो । पुँजीगत खर्च गर्ने विषयमा गठबन्धन सरकार कमजोर देखा परेको छ । नेपाल एसियाको सबैभन्दा कमजोर राष्ट्रभित्र परेको छ गठबन्धन सरकारका कारणले । ’

प्रतिक्रिया दिनुहोस