सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक सङ्घले जनायो असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक सङ्घले जनायो असन्तुष्टि


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ। वायुसेवा सञ्चालक सङ्घ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

शुक्रबार काठमाडौँमा पत्रकारहरूसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन सङ्घ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् ।

उनले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताए । सरकारले आफूहरूसँग सल्लाह गरेरै गरेको भएपनि आफूहरू तयार हुने भन्दै उनले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताए । उनले पुँजीगत खर्चमा भ्याट लाउनु व्यवहारिक भएको पनि बताए।

उनले जहाजको इन्जिनलगायतका सामग्रीहरूमा भ्याट कम लाग्दा सहज रूपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताए । 

पैसाको कारण आवश्यक सामग्रीहरूमा सम्झौता गर्ने अवस्था बनेमा हवाइ सुरक्षामा समेत चुनौती थपिने उनको भनाइ छ ।

उनले आफूहरू पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस