रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्रको आग्रह 


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

थाइल्याण्ड र म्यानमारमा सूचना प्राविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बुझ्न पनि भनेको छ ।

‘आफैँले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेबसाइट, टेलिफोन र इमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वासनमा नपर्न नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस