२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अ+ अ-

रुकुमपूर्व । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो । 

लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुङ्गा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिए ।  उनका अनुसार बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

सडकमा झरेको ढुङ्गा हटाउन ‘ब्रेकर’बिना असम्भव रहेको उनले बताए ।  ढुङ्गा फुटाउनका लागि निर्माण व्यवसायीसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए । अहिले पनि जेसिबीले पहिरो पन्छाइरहे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको उनले जानकारी दिए । 

बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन् । काठमाडौँ, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।  उनले आवागमन अवरुद्ध हुँदा यात्रु समस्यामा परेका बताए । 

काठमाडौँबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई हिँडाएर पहिरो कटाई अटोमार्फत रुकुमकोट पठाइएको प्रजिअ शर्माले जानकारी दिए । जिल्लाका अन्य ठाउँमा झरेको पहिरो छोटो समयमै हटाएर सडक सञ्चालन गरे पनि काँडाबगरमा ठूलो पहिरो झरेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ थियो । सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस