२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिस्का ओपन च्याम्पियनसिप’ अमेरिकामा हुँदै

अ+ अ-

काठमाडौँ । ह्यारिसवर्ग, पेन्सिलभेनिया/डिस्का ओपन च्याम्पियनसिप अगस्त १९ र २० मा अमेरिकाको पेन्सिलभेनिया राज्यमा हुने भएको छ । ड्रक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का)मा आयोजना हुन लागेको हो ।

डिस्काका अध्यक्ष हेमन्त घिसिङका अनुसार ह्यारिसबर्ग नजिकै रहेको हलिफ्याक्सको क्याप हेब्रोनमामा प्रतियोगिता हुनेछ । अध्यक्ष घिसिङका अनुसार डिस्का नेपालमा सन् १९९२ मा स्थापना भएको हो । नेपालको भुटानी शरणार्थी शिविरमा डिस्काको स्थापना गरेका थिए । उनीहरूलाई तेस्रो मुलुक पुर्नवासपछि अमेरिकामा रहेका रहेका उनीहरूले सन् २०१६ देखि डिस्कालाई फेरि निरन्तरता दिएका हुन् ।

अमेरिकामा स्थापनापछि डिस्काले पहिलो पटक बृहत् र खुल्ला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । अध्यक्ष घिसिङले भने, ‘हामीले अनलाइन र आन्तरिक रूपमा प्रतियोगिता आयोजना गर्दै आएका थियौ, अब खुल्ला रूपमा आयौ ।’

उनले अमेरिकामा डिस्काका नौ वटा डोजो सञ्चालनमा रहनुको साथै क्यानडा र अष्ट्रेलियामा पनि एक एक वटा डोजो रहेका पनि जानकारी दिएका छन् । घिसिङले तीन सय भन्दा बढी खेलाडीले एउटै छाना मुनी प्रतिस्पर्धा गर्ने अपेक्षा राखेको बताए ।

‘अस्ट्रेलिया बाहेक हाम्रो सबै डोजोबाट च्याम्पियनसिपमा सहभागिता हुन्छ । हामीले हाम्रो डोजो भन्दा बाहिरबाट पनि खेलाडीले सहभागी हुने अपेक्षा गरेका छौ । विशेष गरी नेपालीभाषीहरुको यो च्याम्पियनसिपमा बाहुल्यता रहन्छ ।

अमेरिकाभरमा रहेका सबै नेपाली भाषी र अन्य समुदायका खेलाडी जो अमेरिकी कराते र डब्लुकेएफको नियममा खेल्नु भएको छ सबैलाई यस च्याम्पियनसिपमा सहभागिताका लागि आह्वान गर्दछौ । यो एउटा भेला नयाँ र पुराना खेलाडीको जमघट हुने थलो बनोस् भन्ने पनि हाम्रो चाहाना हो।’

पेन्सिलभेनिया राज्यमा ह्यारिसबर्ग, कार्लय र पिट्सबर्ग गरी तीन ठाउँमा डोजो रहेको छ । यस्तै ओहायोमा पनि एक्रोन, कोलम्वस र रेनोल्ड्सबर्ग तीन सहरमा डिस्काले डोजो सञ्चालन गरेको छ । अमेरिकामै नर्थ डेकोटा, जर्जिया, भर्मन एक एक डोजो सञ्चालनमा छन् ।

त्यस्तै, युएस कराते र विश्व कराते महासंघको मोडिफाई नियम अनुसार कता र कुमुतेमा महिला पुरुष दुवै तर्फ प्रतिस्पर्धा गराइने छ । काता र कुमुतेमा उमेर अनुसार प्रतिस्पर्धा गराइने छ । महिला पुरुष दुवै तर्फ ५३–५३ क्यटगोरीमा प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धाका लागि ८० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ । एउटा खेलाडीले एक भन्दा बढी विधामा प्रतिस्पर्धा गर्न चाहेमा थप २० डलर शुल्क तिर्नुपर्ने छ ।

खेलाडीले अनलाइनबाट पनि नाम दर्ता गर्न सक्ने छन् । पत्रकार सम्मेलनमा डिक्सका प्रमुख प्रशिक्षक तथा बोर्ड सदस्य रन राई, डिस्काका कोषाध्यक्ष टेक नेपाल, आयोजक कमिटीका सल्लाहकार अमल थुलुङ, युएस करातेबाट मान्यता प्राप्त एक मात्र नेपाली भाषी महिला रेफ्रि माया लेप्चाले पनि च्याम्पियनसिपका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस